334
Shares
काठमाण्डौ । नेपाली महिला फुटबल टोलीले कात्तिकमा इरानसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डोअन्तर्गत २ खेल खेल्ने भएको हो जसमा ७ कात्तिक (२४ अक्टोबर)मा इरान तथा १० कात्तिक (२७ अक्टोबर)मा भारतसँग खेल हुनेछ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।
फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।
नेपालले एएफसी एसियन कप छनोट खेलेयता कुनै पनि खेलेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया