259
Shares
काठमाडौं । गृह मन्त्रालयले विपद् जोखिममा नपरेका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित गर्न निर्देशन दिएको छ। आइतवार मन्त्रालयद्धारा जारी गरिएको पत्रमा यस्तो निर्देशन दिएका हुन् । विपद् प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया