अमेरिकामा आप्रवासन नियन्त्रणको विरोधमा व्यापक प्रदर्शन चल्दै

357 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो शहरमा नियन्त्रण बाहिर गएको अपराध नियन्त्रण गर्न भन्दै तीन सय नेशनल गार्ड सैनिक पठाउने अनुमति दिनुभएको छ । यो निर्णय आप्रवासन अधिकारीहरू र प्रदर्शनकारीहरूबीच झडप भएको केही घण्टापछि आएको बीबीसीले जनाएको छ । यसअघि ओरेगन राज्यको पोर्टल्यान्डमा पनि ट्रम्प प्रशासनले दुई सय सैनिक पठाउने प्रयास गरेको थियो तर संघीय न्यायाधीश करिन इमर्गुटले सो कदम संविधान विपरीत भएको भन्दै अस्थायी रोक लगाउनुभएको थियो । शिकागोमा सैनिक परिचालन भएको स्पष्ट नभए पनि यसको कानुनी चुनौती आउन सक्ने अनुमान पनि गरिएको छ ।