314
Shares
काठमाडौं । शुक्रबारदेखि लगातारको झरीका कारण बागमती नदीमा बाढीको बहाव बढ्दै गएको छ ।
टेकु दोभानमा रहेको करिडोरमा बागमतीको बाढी पस्न थालेको छ भने सवारी साधनहरू चल्न छाडेका छन् ।
बागमतीमा बाढीको बहाव बढ्दा काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।जल तथा मौसम विभागले भोलीसम्मै निरन्तर वर्षा रहने बताएको छ ।
नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ । म्यासेजमा भनिएको छ, ‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले बाढी र डुबान हुने क्षेत्रहरुमा भोलिसम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया