293
Shares
काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरमा रहेको केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दशैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ ।
आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिउका छन् ।
सार्वजनिक बिदा तथा चाडपर्वका बेला नागरिकको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया