राति यात्रा नगर्न  मौसम विज्ञान र सडक विभागको अनुरोध

240 Shares

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ ।

वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो ।

सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । 

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।