टी–२० विश्वकप छनोटका लागि नेपाली १५ सदस्यीय टोली घोषणा

442 Shares

काठमाण्डौ । टी–२० विश्वकप छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा, खेल अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै, नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्ने । 

आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । 

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ जना नेपाली खेलाडीहरू समावेश टोली घोषणा भएको हो ।

क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।

टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

cdb4a9e0-4e2f-43f5-9149-884c1b090308-1-1106x1536.jpeg