काठमाण्डौ । अघिल्लो वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी रपहिरोजस्ता विपद्को ठिक एक वर्ष पूरा भएको छ ।
अविरल वर्षासँगैको विपद्ले जनधन र बीपी राजमार्गलगायतमा ठूलो क्षति पुर्याएको थियो ।
घरबाससमेत गुमाएका काभ्रेका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ ।
जिल्लाका १३ पालिकाका तीन हजार एक सय २८ पीडितलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको तथ्याङ्क छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अहिलेसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम पनि लगेका छन् ।
बाढीपहिरोबाट काभ्रेमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन भइरहेको छ ।
एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र छ । बाढीपहिरोबाट काभ्रेका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्ताको सूचीमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया