काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् ।
आज मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।
आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइन् ।
कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका हुन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेन—जी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उनीहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
घाइतेहरुसँगको भेटपछि सञ्चारमन्त्रीले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन—जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया