माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी, नेताहरूले धारणा राख्दै

237 Shares

काठमाण्डौ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको माओवादीले जनाएको छ ।

बिहीबार अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी आफ्नै नेतृत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।