391
Shares
काठमाण्डौ । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
बिहीबार (असोज ९) गते बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो ।
“कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्,” कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया