254
Shares
काठमाण्डौ । जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा
प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियोका आधारमा काभ्रे घर भएका युवराज क्याप्छाकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शन भएकै दिन प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।
भदौ २४ गते महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया