214
Shares
काठमाण्डौ । पहिरोका कारण महाकाली राजमार्ग अन्तर्गत बैतडी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ सलसेनामा बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरूद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडक माथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ ।
राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरू अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो । यसअघि अस्ति पनि पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया