बिहीबार प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग फोनवार्ता गर्ने

282 Shares

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ । 

मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिइसकेका छन् । उनले गत शनिबार मणीपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।