हेटौंडाको चुरियामाईमा सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

245 Shares

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।