टी–२० एशिया कपमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दै

300 Shares

काठमाण्डौ ।  एशिया कप टी–२० क्रिकेटमा मंगलबार बङ्गलादेश र अफगानिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘बी’ अन्तर्गत बङ्गलादेश र अफगानिस्तानबीचको यो खेललाई निर्णायक मानिएको छ ।

हङकङमाथि सहज जित निकालेको बङ्गलादेशलाई अफगानिस्तानलाई जित्नैपर्ने दबाब छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् ।

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।