काठमाण्डौ । आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने र अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण बाढी तथा पहिरोको जोखिम पनि रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीको जोखिम भएका नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया