भारतको सिमलामा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु

265 Shares

काठमाण्डौ । भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । 

भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । 

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको समाचारमा उल्लेख गरिएको छ ।