काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका प्रमुख निकायहरू, व्यक्ति संघ संस्थाका भवनहरूमा ठूलो क्षति भएको छ ।
भवनहरुमात्रै होइन सवारी साधनमा पनि क्षति नगण्य नै छ ।
सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण रुपमा क्षति पुगेको छ ।
यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ भने कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साना गाडी बस ४७ मोटरसाइकल स्कुटर ७४ जलेका छन् ।
अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया