काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी दर्शनका क्रममा ज्यान गुमाएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन आह्वान गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा नौ वटा बुँदामार्फत आह्वान गरिएको छ ।
विज्ञप्तिमा देश, नागरिक, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आउँदा कार्यहरू अगाडि बढाउन भनिएको छ ।
अन्योलपूर्ण अवस्थालाई तात्त्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न पनि आयोगले आह्वान गरेको छ ।
प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन आयोगको आह्वान छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया