ऊर्जामन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने

243 Shares

काठमाण्डौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गरेका छन् । 

आज सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरू जेन–जीु प्रदर्शनका क्रममा मृत्युवरण गरेका शहीदहरूका परिवारलाई उपलब्ध गराउने बताएका हुन् ।  

यस्तै उानले आफ्ना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने पनि उल्लेख गरेका छन् । 

मन्त्री घिसिङले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइने पनि बताउनुभयो ।