काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उहाँले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले आगामी असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन निर्देशन दिनुभएको छ ।
महासचिव पोखरेलले सधैँ सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो ।
उहाँले अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने बताउनुभयो ।
अन्तरिम सरकारको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा निर्वाचन गराउने भएको उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया