जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय

240 Shares

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने सरकारले निर्णय गरेको छ ।    

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । 

पार्कका लागि स्थान भने नतोकिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । 

आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ ।