मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र खर्च बापत ५ लाख दिने मन्त्रीपरिषद्को निर्णय

230 Shares

काठमाडौँ ।  जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको  परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ । 

यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।