खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

297 Shares

काठमाडौँ । जेनजी युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ ।

परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले राससलाई जानकारी दिनुभयो । 

सो प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे गाडी १४ वटा जलेर पूर्ण रुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको सहसचिव पुरीले बताउनुभयो । 

आन्दोलनकारीको आगजनीका कारण सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि खानेपानी मन्त्रालय भने जोगिएका कारण मन्त्रालयका काम सञ्चालन गर्न सहज भएको जनाइएको छ । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले विभागको नियमित काम सञ्चालन भइरहेको बताउनुभयो ।