काठमाडौं । आज राति देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भोलि देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया