सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुल्यो, पठनपाठन भोलिदेखि

273 Shares

जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । 

सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका र सोमबारदेखि नियमित पठनपाठन हुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

काठमाडौं महानगरले पनि आइतबारदेखि विद्यालय खोल्ने र पठनपाठन सोमबारदेखि गर्ने निर्णय गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन् । 

स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आइतबारदेखि विद्यालय खोलिएको हो ।