232
Shares
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाउनुभएको छ ।
जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार हुनुभएको थियो ।
केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया