अन्ततः अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको रूपमा कार्कीको नियुक्ति पक्का

कार्कीको मन्त्रिपरिषद्को महत्वपूर्ण सदस्य रहने दुर्गा प्रसाईं पनि सँगै सैनिक मुख्यालयमा

244 Shares

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईं वार्ताका लागि सैनिक मुख्यालय पुगेका छन् ।   

कार्की र प्रसाईं  पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पुर्याएको हो ।

सम्भवत अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको रूपमा कार्कीको नियुक्ति आजै हुनेछ । 

कार्कीको मन्त्रिपरिषद्को महत्वपूर्ण सदस्य रहने दुर्गा प्रसाईं पनि सँगै सैनिक मुख्यालयमा पुगेका हुन् ।  

यता, जेनजी नाममा युवाहरूलाई भने भित्र प्रवेश गर्न रोक लगाइएको छ ।

प्रसाईंले सैनिक मुख्यालय जानु अघि फेसबुकमा जेनजीको नाममा भएको हिंसा र तोडफोडमा संलग्नमाथि कारबाही नगर्न नेपाली सेनासँग माग गरिसकेका कारण त्यस विषयमा पनि कुरा हुने बताइएको छ ।