पेशागत सञ्जालको सुझावः शान्ति र संवैधानिक प्रक्रियाबाट निकास खोज्नु

211 Shares

काठमाण्डौ । शान्ति र संवैधानिक प्रक्रियाबाट राजनीतिक निकास खोज्न पेशागत सञ्जाल पापडले सुझाव दिएको छ ।

वक्तव्य निकालेर वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजान पेशागत सञ्जाल पापडले भनेको हो । 

जेनजी आन्दोलनपछि राज्यविहीनताको अवस्था आएको र यसको समाधानका लागि अन्योल देखिएको भन्दै पापडले तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट निकास निकाल्न आग्रह गरेको छ ।