प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगि

271 Shares

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेन जीु आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन मङ्गलवार ध्वस्त भएपछि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना निकालेर सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि संसद् बैठक स्थगित गरेको जानकारी दिनुभएको छ ।

जेन जी को आन्दोलनका कारण प्रधानमन्त्रीले राजीनामा दिएको तथा राष्ट्रपति र सेनाले वार्ताका लागि आह्वान गरेकाले राजनीतिमा नयाँ दृष्यहरू देखिन थालेका छन् । आन्दोलनकारीहरूले संसद् विघटनको समेत माग राखेको र आन्दोलनकारीले पुराना दलका नेता लक्षित आक्रमण गरेका कारण पनि संसद् बैठक अनिश्चत बनेको छ ।