262
Shares
सीजी नेटको मुख्य डेटा सेन्टरमा आगजनीका कारण इन्टरनेट सेवामा समस्या देखिएको छ ।
कम्पनीले सूचना जारी गर्दै उक्त घटनापछि सम्पूर्ण इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
सीजी नेटले प्रयोगकर्तासमक्ष असुविधाप्रति क्षमा माग्दै छिट्टै सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।
हाल कम्पनीका प्राविधिक टोलीले डेटा सेन्टर पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया