संयमता अपनाउन, शान्ति कायम गर्न राष्ट्रसङ्घका महासचिव र भारतका प्रधानमन्त्रीको अनुरोध

269 Shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयमता अपनाउन र शान्ति कायम गर्न अनुरोध गरेका छन् । 

नेपालको अवस्थालाई नियालिरहेको भन्दै उनीहरुहरुले सामाजिक सञ्जालमा पछिल्लो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हिंसा थप नदिन संमयता अपनाउन र संवाद गर्न आग्रह गरेका छन् । उनले मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै जीवन र सम्पत्तिको रक्षासहितको शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने उल्लेख गरेका छन्।

त्यस्तै भारतका प्रधानमन्त्री मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको र धेरै युवाले ज्यान गुमाउनुपरेकोमा अत्यन्तै विचलित भएको उल्लेख गेका छन् । मोदीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति–व्यवस्था कायम राख्न अनुरोध गरेका छन् ।