जेनजी प्रदर्शन अपडेटः बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा

कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ ।

343 Shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ ।

प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् । उनीहरु बानेश्वर चोक जाने प्रयासमा छन् ।

प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।

माइतीघर मण्डलातर्फबाट प्रदर्शनकारीको एउटा टोली नयाँबानेश्वर चोकतर्फ आइरहेको छ ।