सुरक्षाकर्मीले शीर्ष नेताहरुलाई सुरक्षित स्थानमा सार्न थाले

चारवटै सुरक्षा निकाय परिचालित र बालुवाटारसहित विभिन्न स्थानमा सैनिक र निजी हेलिकोप्टर अवतरण

297 Shares

काठमाडौं । शीर्ष नेताहरुमाथि आक्रमण भएपछि सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा राख्न थालेका छन् ।

जेनजी प्रदर्शन चर्किएपछि  शीर्ष नेताहरु  सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा राख्न थालेका हुन् ।

चारवटै सुरक्षा निकाय परिचालित छन् र बालुवाटारसहित विभिन्न स्थानमा सैनिक र निजी हेलिकोप्टर अवतरण भएका छन् ।

प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका र २ सय बढी घाइते भएका छन् ।

भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको छ ।

ओलीको गृहजिल्ला झापादेखि उर्जामन्त्री दिपक खड्काको संखुवासभाको घरमा समेत तोडफोड भएको छ । ‘यस्तोमा सबैलाई सुरक्षा दिनु जिम्मेवारी भएकाले हामी परिचालित भएका हौं,’ ती अधिकारीले भने ।

सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् ।