दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु, २ बेपत्ता

261 Shares

काठमाडौं । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका-५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभएको छ । 


रावतका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता दुई जनाको खोजी कार्य जारी छ ।


होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उहाँले बताउनुभएको छ । 

चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बताए ।