तपाईको आजको दिन कस्तो छ ?

आजको राशिफल

289 Shares

२०८२ साल भाद्र १३गते शुक्रबार तदनुसार २९अगस्ट  २०२५ षस्ठि तिथि ३० घडी ३१ पला उप्रान्त सप्तमि तिथि प्रारम्भ हुनेछ स्वाति नक्षत्र १२ घडी ४२पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ ब्रह्म योग गर करण आज बिहान सूर्योदय ५:४१मा भयो भने सूर्यास्त साँझ ६:२६मा हुनेछ।

२०८२ साल साउन १३ गते

मेष राशि
आर्थिक क्षेत्रमा वृद्धि हुने योग छ। साथीभाइ तथा नजिकका आफन्तबाट सहयोग प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। बोलीमा मिठास आउनाले सबैको मन जित्न सकिनेछ।

वृष राशि
स्वास्थ्यप्रति सचेत रहनुपर्ने समय छ। अनावश्यक  खर्च बढ्नेछ। विश्वास गरेका मानिसबाट सानो धोका पाइने सम्भावना छ। पारिवारिक झैझगडाबाट टाढा रहनु उचित हुनेछ।

मिथुन राशि
शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ। आकस्मिक लाभ प्राप्त हुने योग छ। धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथले उत्साह बढ्नेछ।

कर्कट राशि
काममा ढिलासुस्ती भए पनि अन्ततः सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिनेछ। भोजभतेर वा जमघटमा सहभागी भइ रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ।

सिंह राशि
जागिर वा व्यापारमा सानो समस्या आउन सक्छ। शत्रु पक्ष सक्रिय हुने सम्भावना छ। धैर्य र संयम अपनाउन सके प्रतिकूल परिस्थितिमा पनि लाभ प्राप्त गर्न सकिनेछ।

कन्या राशि
नजिकका मानिससँग अनावश्यक वादविवाद बढ्नेछ। प्रतिष्ठामा आघात पुर्‍याउने परिस्थिति आउन सक्छ। कानुनी वा जग्गा/जमिन सम्बन्धी विषयमा विवाद हुनसक्ने हुँदा सजग रहनुहोस्।

तुला राशि
शत्रु पक्ष पराजित हुनेछन्। न्यायिक क्षेत्रमा लाभ प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधार देखिनेछ। पढाइ वा अध्ययन–अध्यापनतर्फ राम्रो प्रगति हुने दिन छ।

वृश्चिक राशि
कामकाजमा अवरोध आउने देखिन्छ। लेखन वा अध्ययनमा कमजोरी देखापर्ने सम्भावना छ। झुटा आरोपोप वा विवादको सामना गर्नुपर्ने समय भएकाले धैर्यपूर्वक अघि बढ्नुहोस्।

धनु राशि
धेरै समयदेखि अड्किएको काम अघि बढ्नेछ। बोलीमा मधुरता आउनाले सामाजिक सम्बन्ध मजबुत हुनेछन्। पुराना साथीभाइसँग भेटघाट भई रमाइलो समय बित्नेछ।

मकर राशि
स्वास्थ्यमा सुधार देखिनेछ। दाजुभाइबीच आत्मीयता बढ्नेछ। नयाँ कार्यको थालनी हुने दिन छ। जागिर वा व्यापारमा अवसर प्राप्त हुने सम्भावना छ।

कुम्भ राशि
सामान्य कुरामा पनि विवाद बढ्न सक्छ। आफ्ना कुरालाई अरूले गलत रूपमा लिनसक्ने दिन भएकाले बोल्दा सजग रहनुहोस्। आर्थिक क्षेत्रमा मध्यम सुधार हुने देखिन्छ।

मीन राशि
शत्रु पक्ष सक्रिय हुनेछन्। मुद्दा–मामिलामा फस्ने सम्भावना छ। मानसिक तनाव बढ्ने परिस्थिति देखिन्छ। स्वास्थ्यप्रति ध्यान दिनु उचित हुनेछ।