उखु किसानद्वारा सरकारविरुद्ध नाराबाजी

284 Shares

काठमाडौं । गत आ. व २०८१÷८२ को उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु किसानहरुले शुक्रवार पनि काठमाडौंमा धर्ना दिएका छन् । 

उखु उत्पादक संघ नेपालको नेतृत्वमा आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई आफूहरुको माग सम्बोधन गर्न दबाब दिँदै काठमाडांैको माईतीघर मण्डलामा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् । 

उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने किसानहरुको मुख्य माग छ ।

त्यस क्रममा उनीहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध चर्का नारावाजी समेत लगाएका छन् । 

१३ जिल्लाबाट काठमाडौंमा आन्दोलन गर्दै आएका उखु किसानहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।