पशुपतिमा एक महिला मृत फेला

374 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । 

पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । 

आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।