काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जीप आज बिहान सडकबाट पल्टिँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा १८ वर्षीया सुशीला बिक, ४ वर्षीया प्रतिका कार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, चालक ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया