काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताउनुभएको छ ।
आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ ।
प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताउनुभएको हो ।
संविधानको धारा १३७ को संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था रहेको छ । त्यसको ९१० मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ ।
त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने छन् भनिएको छ ।
संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरू फैलाएको बताउनुभयो ।
सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टमा एक वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उहाँको भनाइ थियो ।
बीचमा केही समय रोकिएको संवैधानिक इजलास आजदेखि सञ्चालनमा आएको छ । संवैधानिक इजलासमा २२८ मुद्दा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया