काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेपछि निकै खुसी देखिन्छन् ।
आफ्ने उद्यमशिmतामा रमाउदा उनीहरु निकै उत्साहित पनि छन् ।
ती मध्येकी एक हुन्, पविना माझी । उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् ।
पछिल्लो दुई वर्षयता भने गलैंचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनी बताउछिन् ।
पविना माझी बस्तीका महिला यतिबेला गलैंचा बुन्नेरै जीविकोपार्जन गरिरहेका छनु ।
धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहेकी छन् ।
पुर्ख्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको स्थानीय सोममाया माझीले बताउछिन् ।
खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा १० हजार कमाई हुने गरेको बताउछिन् ।
नगरपालिका वडा नं ११ अध्यक्ष रोशन गिरीले ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताएका छन् ।
उनले यसरी बुनिएका गलैँचा राजधानी काठमाडौँ लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
‘हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त छन् । महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन् ।
यसले माझी महिलाहरुको लागि आम्दानीको आधार बनेको छ ।
वडाध्यक्ष गिरीमा अनुसार महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेको र यो वर्ष थप ४० थान तान वितरण गरिएको छ ।
माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् । यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन् ।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताए ।
युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया