काठमाडाैँ । २०८२ साल श्रावण २९ गते बिहीबार तदनुसार १४ अगस्ट २०२५ । पञ्चमी तिथी ० घडी ४७ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र १४ घडी ४९ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । शुल योग तैतिल करण आज बिहान सूर्योदय ५:३३ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ।
मेष राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। आकस्मिकरूपमा खर्चको मात्रा बढेर जानेछ । शैक्षिक कार्यमा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पारिवारिक सरसहयोग बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ । मुद्दा मामिलामा तपाईंको जित हुने देखिन्छ।
मिथुन राशि
बौद्धिक कार्यमा बाधा आउनेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक समस्याले सताउने देखिन्छ। दाजुभाइमा कलह बढेर जानाले मनमा चिन्ता बढ्ने छ।
कर्कट राशि
आँखासम्बन्धी समस्याले सताउनेछ। लामो समयदेखि गरिरहेको काममा बाधा आउने देखिन्छ । सन्तानबाट कष्टता पाइनुले मानसिक तनाव बढेर जाने देखिन्छ । सजग रहनुहोला।
सिंह राशि
चाेटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। मातृ सुखमा कमी आउनेछ। बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढ्नुका साथै शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ।
कन्या राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। पारिवारिक सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन् । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।
तुला राशि
मानसम्मानमा आघात पुग्नेछ। चिसोले गर्दा शारीरिक अस्वस्थता बढेर जानेछ। पाप कर्ममा मन जानेछ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्दा कष्टता पाइने योग छ।
वृश्चिक राशि
लामो दूरीको यात्राको अवसर पाइने योग छ। अनावश्यक खर्चको मात्र बढेर जानेछ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै स्थानान्तरणको योगसमेत रहेको देखिन्छ।
धनु राशि
पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ। अध्ययनमा वृद्धि भएर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर जानाले मनमा उत्साह उमंग बढेर जानेछ ।
मकर राशि
न्यायीक कार्यमा सफलता पाइने योग छ। आफन्तको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । सामाजिक कार्यमा समय व्यतीत हुनाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
कृषि तथा चौपायबाट घाटा बेहोर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। झुटा मुद्दामा फसिने योग छ। लेखनशैलीमा कमी आउनुका साथै बोलीमा कठोरता आउने देखिन्छ।
मीन राशि
सौन्दर्यतामा मन जानेछ। कृषि तथा चौपायबाट घाटा बेहोर्नु पर्ने देखिन्छ। मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। कार्यमा सिद्ध भएर जानुका साथसाथै फसेको धन उठ्न सक्ने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया