काठमाडौं । अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनबाट नेपालका ज्योतिष प्रमोद भट्टराई सम्मानीत भएको छ ।
अन्तर्राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन भारतको राजस्थानस्थित कोटामा सम्पन्न भएको सम्मेलनबाट भट्टराई सम्मानित भएका हुन् । सम्मेलनमा ज्योतिष पण्डित प्रमोद भट्टराई ज्योतिष गौरव सम्मान द्वारा सम्मानित भएको छ । कार्यक्रममा भारतका विभिन्न ज्योतिषविद्हरुलाई पनि सम्मान गरिएको थियो भने भारतीय जनता पार्टीका नेता तथा कृषिमन्त्री हिरालाल नगरको समेत उपस्थिती थियो । ज्योतिष प्रमोद भट्टराईले ज्योतिषहरुका भेलामा आफू उपस्थित हुन पाँउदा गर्व अनुभूति भएको भन्दै यस्ता कार्यक्रमहरुले धर्म र संस्कृतिको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले यस्तो सम्मेलनहरु अझ धेरै हुनुपर्ने र सम्मेलनले विश्वभरिका ज्योतिषहरुविचको सम्बन्धलाई समेत प्रगाढ बनाउने उनको भनाई थियो। यो सम्मेलन भारतको राजस्थान स्थित कोटामा नोभेम्बर १५देखि १६ तारिख सम्म भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया