२०८२ श्रावण २७ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

246 Shares

काठमाडौँ । २०८२ साल श्रावण २७ गते मंगलबार तदनुसार १२ अगस्ट २०२५ । तृतीया तिथी १० घडी ५८ पला उप्रान्त चतुर्थी  तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र २१ घडी २३ पला उप्रान्त उतरभाद्र नक्षत्र प्रारम्भ हुनेछ। सुकर्म योग बायब करण आज बिहान सूर्योदय ५:३३ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ। आज मंगलबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । राज्यपक्षबाट कष्टता पाइने योग छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । पैत्रिक सम्पत्तिमा वादविवाद आउनेछ।

वृष राशि
सामाजिक कार्यमा समय व्यतीत भएर जानेछ । शैक्षिक कार्यमा सफलता पाइने योग छ। भौतिक साधन खरिद गरिने योग छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ।

मिथुन राशि
वैदेशिक कार्यमा बाधा आउनेछ । आयमा कमी आउनुका साथै शैक्षिक क्षेत्रमा समेत बाधा आउने योग छ। गरिरहेको काममा राेकावट आउनाले मानसिक तनाव बढेर जानेछ। 

कर्कट राशि
आयमा वृद्धि भएर जानेछ । कृषक वर्गका लागि धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। पारिवारिक सरसहयोगले मनमा उत्साह बढेर जानेछ।

सिंह राशि
न्यायिक कार्यमा ढिलासुस्ती भएर जानेछ। पारिवारिक कलह बढेर जाने देखिन्छ। दाजुभाइमा विवाद बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। 

कन्या राशि
सामाजिक कार्यमा समय व्यतित हुनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। शत्रु पक्षबाट तपाईंकै जित हुनेछ । लेखनशैलीमा तीव्रता आउनेछ।

तुला राशि
स्थायी सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ।  सन्तानमा स्पष्टता प्राप्त हुने देखिन्छ । पराक्रम बढेर जाने देखिन्छ।

वृश्चिक राशि
विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। नशासम्बन्धी समस्याले सताउनेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। आफन्तमा बहिरभाव आउनुका साथै झुटा आरोपको सामना गर्नुपर्नेछ।

धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउने छ। उच्च व्यक्तिको मानसमान पाइने योग छ। आकस्मिकरुपमा आयमा वृद्धि भएर जाने देखिन्छ। धर्मकर्मतर्फ मन जानेछ।

मकर राशि
बोलीको प्रभाव बढेर जानेछ। लेखन शैलीमा तीव्रता हुनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ ।  । यात्राबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोगले काममा सफलता मिल्नेछ।

कुम्भ राशि
वैदेशिक कार्यमा सफलता पाइने योग छ । सञ्चित धनको वृद्धि भएर जानेछ । प्रशासनिक काममा सफलता पाइनुका साथै जागिरमा पन्तोन्नतिको सम्भावना बढेर गएको छ।

मीन राशि
तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । दाजुभाईमा माधुर्यता छाउने छ। न्यायिक कार्यमा सफलता पाइनुका साथै काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसानीय भइनेछ।