२०८२ श्रावण २५ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

241 Shares

काठमाडौं । २०८२ साल श्रावण २५ गते आइतबार तदनुसार १० अगस्ट २०२५ प्रतिपदा तिथी १७ घडी ५७ पला उप्रान्त द्वितीया तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र २४ घडी ५१ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग तैतिल करण आज बिहान सूर्योदय ५:३२ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ। आज आइतबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि
दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। आयमा वृद्धि हुनुका साथै पठनपाठनमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।

वृष राशि
पारिवारिक कलह बढेर जानेछ । स्वास्थ्यमा उतारचढाव आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । राज्य पक्षबाट कष्टता पाइनुका साथै धनमाल हराउन सक्ने देखिन्छ।

मिथुन राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। जागिरमा अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। मानसम्मानमा आघात पुग्नेछ।

कर्कट राशि
पराक्रम बढेर जाने देखिन्छ । दाजुभाइमा मेलमिलापको सम्भावना बढेर गएको छ। चोटपटकको सम्भावना बढेर गएको छ।

सिंह राशि
साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। शैक्षिक कार्यमा प्रगति भएर जानेछ। भोजभतेरमा सहभागी हुने अवसर मिल्नाले मनमा खुसी छाउने छ ।

कन्या राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ । अनावश्यक विवाद बढेर जाने देखिन्छ । चोटपटकको सम्भावना छ।

तुला राशि
उच्च व्यक्तिको सम्मान प्राप्त हुनेछ । प्रशासनिक कार्यमा सुधार भएर जाने देखिन्छ। विविध समस्याको समाधान भएर जानेछ । व्यवसायमा सफलता पाइने योग छ । लेखन शैलीमा तीव्रता आउनेछ ।

वृश्चिक राशि
पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ । नयाँ कार्यको थालनी हुनेछ। अनावश्यक विवादको अन्त्य भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

धनु राशि
शैक्षिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ । आध्यात्मिक क्षेत्रमा समय व्यतीत हुने देखिन्छ । मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ । साझेदारी काममा सफलता पाइने देखिन्छ।

मकर राशि 
अनावश्यक यात्रा गर्नुपर्ने देखिन्छ । स्थानान्तरणको योग रहेको छ। स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ।

कुम्भ राशि
आध्यात्मिक कार्यमा सहभागी भइने योग छ। बोलीमा मिठास छाउने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ।

मीन राशि
न्यायिक कार्यमा बाधा आउने देखिन्छ । दाजुभाइमा पैत्रिक सम्पत्तीको विषयमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। जागिरमा कष्टता पाइने योग छ। सजग रहनुहोला।