काठमाडौँ। २०८२ साल श्रावण २३ गते शुक्रबार तदनुसार ८ अगस्ट २०२५ । चतुर्दशी तिथी २० घडी ३१ पला उप्रान्त पूर्णिमा तिथी प्रारम्भ हुनेछ । उतरषाढा नक्षत्र २४ घडी १ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । पृति योग भर करण आज बिहान सूर्योदय ५:३१ मा भयो भने सूर्यास्त साँझ ६:४६ मा हुनेछ। आज शुक्रबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। दाजुभाइसँगको सम्बन्धमा खटपट आउने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ।
वृष राशि
तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। मातृबासल्यता पाइने योग छ। साथीभाइको सरसहयोग प्राप्त हुने देखिन्छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ । बोलीमा माधुर्यता छाउने छ । श्रीमान श्रीमतीबीच माधुर्यता छाउने छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।
कर्कट राशि
आँखासम्बन्धी समस्याले सताउने छ । मानसम्मानमा आघात पुग्नेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । शारीरिक आलस्यता बढ्ने देखिन्छ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। मातृसोफामा कमी आउनेछ । साथीभाइमा मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
आटसाहस र पराक्रममा वृद्धि भएर जानेछ। आफन्तको सरसहयोग पाइने योग छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ ।
तुला राशि
नयाँ कार्यको थालनी हुनेछ । प्रेमी-प्रेमिकाबीचमा धैर्यता हुनेछ। मुद्दा मामिलामा तपाईंको जित हुने देखिन्छ । आकस्मिकरुपमा धन लाभ मिल्नाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
बोलीमा कठोरता आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुनेछ।
धनु राशि
बोलीको प्रभाव बढेर जानेछ। पुराना साथीभाइसँग भेटघाटले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ।
मकर राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी आउनेछ। पारिवारिक कलह बढेर जानुका साथै व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ।
कुम्भ राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व बढेर जानेछ।
मीन राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । परिवारमा वैमनस्यता हुनाले चिन्ता बढेर जाने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया