काठमाडौँ । २०८२ साल श्रावण २२ गते बिहीबार तदनुसार ७ अगस्ट २०२५ । त्रयोदशी तिथी १९ घडी २६ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ। पूर्वषाढा नक्षत्र २१ घडी ४५ पला उप्रान्त उतरषाढा नक्षत्र प्रारम्भ हुनेछ । बिष्कुम्भ योग गर करण आज बिहान सूर्योदय ५:३१ मा भयो भने सूर्यास्त साँझ ६:४७ मा हुनेछ। आज बिहीबार चन्द्रमा धनु राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ । मनोरञ्जनामा समय व्यतित हुनेछ । प्रेमि-प्रेमिकाबीच माधुर्यता छाउनेछ। बोलीमा मिठास छाउने छ।
वृष राशि
दाजुभाइमा मतभेद रहने देखिन्छ। पिताको स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। करियर क्षेत्रमा बाधा आउनुका साथै जागिरमा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
मिथुन राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइनेछ।
कर्कट राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । परदेशी भूमिबाट राम्रै आम्दानी गर्न सकिनेछ । पराक्रममा वृद्धि हुनुका साथै मानसम्मानमा वृद्धि भएर जानेछ।
सिंह राशि
दाजुभाईको सरसहयोगले काममा सफलता प्राप्त गर्न सकिनेछ । लेखन शैलीमा तीव्रता आउनेछ । कृषिजन्य पदार्थबाट राम्रै आम्दानी गर्नुपर्दा मनमा उत्साह बढेर जाने देखिन्छ।
कन्या राशि
खर्चको मात्रा बढेर जानेछ। शारीरिक आलस्यता बढ्नुका साथै झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। आर्थिक क्षेत्रमा वादविवादको सामना गर्नुपर्नेछ।
तुला राशि
पारिवारिक कलह बढेर जानेछ । अनावश्यकरूपमा झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। आर्थिक क्षेत्रमा कष्ट आउनुका साथै मानसम्मानमा आघात पुग्नाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना सृजना हुने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत गुम्न सक्ने सम्भावना बढेर गएको छ। सजगता अपनाउनुहोला।
धनु राशि
कार्यमा सफलता मिल्नेछ । आफन्तको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
मकर राशि
कृषक वर्गका लागि आजको दिनमा उब्जनीमा वृद्धि भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ । तिर्थाटनको अवसर मिल्नाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
पराक्रम बढेर जानेछ। अधुरा कामहरू पूरा भएर जानेछन् । लेखनशैलीमा तीव्रता आउनुका साथै दाजुभाइको सहयोगले यात्राको अवसर जुट्नेछ।
मिन राशि
बोलीमा कठोरता हुनेछ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ । पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया