काठमाडौँ। २०८२ साल श्रावण २१ गते बुधबार तदनुसार ६ अगस्ट २०२५ । द्वादशी तिथी १८ घडी ५ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र १८ घडी १६पला उप्रान्त पुर्वषाढा नक्षत्र प्रारम्भ हुनेछ बैभव योग कौलव करण आज बिहान सूर्योदय ५:३० मा भयो भने सूर्यास्त साँझ ६:४८ मा हुनेछ। आज बुधबार चन्द्रमा धनु राशिमा
मेष राशि
सन्तान सुख प्राप्त गर्न सकिनेछ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ । तरल पदार्थको बिक्री वितरणबाट राम्रै आम्दानी गर्न सकिनेछ। सेयर कारोबारबाट लाभ लिन सकिनेछ।
वृष राशि
कार्यमा सफलता पाइने योग छ। आयआर्जनमा वृद्धि भएर जाने देखिन्छ। उच्च पदस्थ व्यक्तिसँगको भेटघाटले काममा थप हौसला प्राप्त हुनाले मनमा आनन्द छाउने छ।
मिथुन राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानाले मनमा खुशी छाउनेछ।
कर्कट राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। शैक्षिक कार्यमा बाधा आउनेछ। गरिरहेको काममा अपजसको सामना गर्नुपर्नेछ। बोलीमा आएको कठोरताले केही घाटा व्यहोर्नु पर्ने देखिन्छ।
सिंह राशि
पारिवारिक कलह बढेर जानेछ । कार्यमा बाधा, आयमा कमी आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जाने देखिन्छ ।
कन्या राशि
पराक्रम बढेर जानेछ। कृषि व्यवसायबाट लाभ लिन सकिनेछ । बोलीमा माधुर्यता छाउनेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ। नयाँ साथीको आगमन हुने योग छ।
तुला राशि
आकस्मिकरूपमा आयमा वृद्धि भएर जानेछ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएकोले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
वृश्चिक राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा ह्रास आउने छ। मेसिनरी सामानमा घाटा व्यहोर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
धनु राशि
बोलीको प्रभाव बढेर जानेछ। साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिने योग छ।
मकर राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्नेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
कुम्भ राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। बोलीमा मिठास छाउनेछ । पठनपाठनमा सफलता प्राप्त हुनुका साथै नयाँ साथीको आगमनले काममा उत्साह उमङ्ग बढेर जानेछ।
मीन राशि
नयाँ कार्य थालनी हुनेछ। लेखनशैलीमा वृद्धि भएर जाने देखिन्छ। विपरीतलिङ्गीको सरसहयोग प्राप्त हुनाले मनमा खुसी छाउने छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया