२०८२ श्रावण २० गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

330 Shares

काठमाडौँ । २०८२ साल श्रावण २० गते मंगलबार तदनुसार ५ अगस्ट २०२५ एकादशी तिथी १५ घडी ५ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र १३ घडी ३८ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र  योग बयब करण आज बिहान सूर्योदय ५:३० मा भयो भने सूर्यास्त साँझ ६:४८ मा हुनेछ। आज मंगलबार चन्द्रमा बृश्चिक राशिमा

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। काममा बाधा आउनेछ। विश्वास गरेकाबाट धोका पाइने योग छ । अध्ययनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

वृष राशि
नयाँ कार्यको थालनी हुनेछ । सन्तानबाट सुख प्राप्त गरिने योग छ । लेखनशैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जीत हुने देखिन्छ।

मिथुन राशि
अध्ययनमा सफलता प्राप्त गर्न सकिनेछ। मनमा चञ्चलता बढेर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पारिवारिक मेलमिलाप बढेर जाने देखिन्छ। 

कर्कट राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । काममा ढिलासुस्ती भएर जानाले मनमा चिन्ता बढेर जाने योग छ। 

सिंह राशि
साझेदारी कामबाट घाटा बेहोर्नुका साथै जग्गा जमिनसम्बन्धी काममा  वादविवादको सिर्जना हुने देखिन्छ । विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्दा मानसिक तनाव बढेर जाने योग छ।

कन्या राशि
रोकिएको कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। जीवनसाथीको सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

तुला राशि
मानसम्मान प्राप्त हुनेछ । कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ। धर्मकर्मतर्फ मन जाने देखिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ । साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।

वृश्चिक राशि
बाहनसम्बन्धी स्पष्टता पाइने योग छ । दाजुभाइमा कलह बढेर जाने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुहोला।

धनु राशि
पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोगले काममा थप हौसला मिल्ने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ।

मकर राशि
आयमा कमी आउनेछ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ। पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

कुम्भ राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ ।

मीन राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । वैदेशिक कार्यमा बाधा हुनुका साथै आफ्नो स्वास्थ्यमा समेत केही कष्टता आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।